२४ घण्टामा ७८ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा संक्रमण पुष्टि भएको हो।
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। हाल ३८३ जना सक्रिय संक्रमित रहेका छन्।
वैशाख ९, २०८० शनिबार १६:१८:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।