दोस्रो पटक विश्वासको मत लिंदै गण्डकीका मुख्यमन्त्री

दोस्रो पटक विश्वासको मत लिंदै गण्डकीका मुख्यमन्त्री

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिंदैछन्।

आज (शनिबार) अपरान्ह ३ बजेको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ।

एमालेका अधिकारी माओवादी केन्द्रसहितको समर्थनमा मुख्यमन्त्री भएका थिए। सत्ता साझेदार माओवादी केन्द्रले चैत १० मा समर्थन फिर्ता लिएपछि अधिकारीले विश्वासको मत लिन लागेका हुन्।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

पुस २५ गते एमालेसहित माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकी प्रदेश मुख्यमन्त्री भएका थिए। ६० सदस्यीय प्रदेश सभाको विश्वास लिन मुख्यमन्त्रीलाई ३१ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ।

प्रदेश सभामा कांग्रेसबाट २७, एमालेका २२, माओवादीका आठ (सभामुख सहित), राप्रपाका दुई र एक स्वतन्त्र सदस्य छन्। कांग्रेस र माओवादी विपक्षमा हुँदा नै ३५ पुग्दा अधिकारीले विश्वासको मत पाउने सम्भावना कम छ।

वैशाख ९, २०८० शनिबार १४:००:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।