घाँस काट्न गएको बेला बाघले बेपत्ता बनाएको महिलाको शव भेटियो

घाँस काट्न गएको बेला बाघले बेपत्ता बनाएको महिलाको शव भेटियो

महेन्द्रनगर : कञ्चनपुरको बेलौरी नगरपालिकामा बाघले आक्रमण गरी बेपत्ता भएकी महिलाको शव फेला परेको छ। 

बाघले आक्रमण गरी शुक्रबार बेलौरी-८ पचुँइका अन्दाजी ४५ वर्षीया गंगादेवी चन्दलाई बेपत्ता परेको थियो। प्राविधिक टोलीले करिब २२ घण्टापछि बाघ नियन्त्रणमा लिएर महिलाको खोजी गरेको थियो।

उनको शव प्रहरीले पचुँइकै खप्टे खोला क्षेत्रमा फेला पारेको बताइएको छ। बाघले आक्रमण गर्दा उनको घाँटी र तिघ्रामा घाउ भएको देखिएको छ।

बाघलाई नियन्त्रणपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लैजाने बताइएको छ।

चन्दसहित स्थानीय महिला घाँस काट्न गएका बेला बाघले आक्रमण गरेको थियो। सो क्रममा अन्य महिला भागेर ज्यान जोगाउन सफल भएका थिए।

वैशाख ९, २०८० शनिबार १२:५०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।