हामी तत्काल कुनै पार्टीसँग एकता गर्दैनौं : झलनाथ खनाल

हामी तत्काल कुनै पार्टीसँग एकता गर्दैनौं : झलनाथ खनाल

काठमाडौं: एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफ्नो पार्टीले तत्काल कुनै पनि पार्टीसँग एकता नगर्ने बताएका छन्।

आज (शनिबार) जनकपुरमा पत्रकारसँगको कुराकानीमा उनले वामपन्थी शक्तिहरू मिल्नुको विकल्प नरहेको भए पनि हालका लागि एकीकृत समाजवादीले कसैसँग एकता गर्ने सम्भावना नरहेको बताए।

हाल उनले आफ्नो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको समेत उल्लेख गरे। उनले उपनिर्वाचनपछि नराम्रो व्यवहार भएमा हालको सत्ता गठबन्धनको अवस्था बिग्रन सक्ने पनि बताए।

वैशाख ९, २०८० शनिबार १२:१८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।