संविधानको सफल कार्यान्वयनका लागि यो सरकार प्रतिबद्ध छ : प्रचण्ड

संविधानको सफल कार्यान्वयनका लागि यो सरकार प्रतिबद्ध छ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  नयाँ संविधानको सफल कार्यान्वयनका लागि माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन्।

लेनिनको १५३ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा आज शुभकामना दिंदै उनले नेपाली जनतालाई सामाजिक न्यायसहितको सम्बृद्धिको नयाँ युगमा पुर्याउन सरकार कटिबद्ध रहेको बताए।

उनले शान्ति, सम्बृद्धि र स्थायित्वको जिम्मेवारी पूरा गर्ने दायित्व आफ्ना सामु रहेको पनि उल्लेख गरे।

साथै उनले सम्पूर्ण कम्युनिष्ट र वामपन्थी शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गर्दै समाजवादको आधार निर्माणको अभियानमा सहभागी हुन सम्पूर्ण वामपन्थी शक्तिलाई आग्रह गरेका छन्।

वैशाख ९, २०८० शनिबार १०:१७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।