अन्तिम समयमा दुई गोल गर्दै हारबाट जोगियो आर्सनल, लिग उपाधि दौडमा झड्का

अन्तिम समयमा दुई गोल गर्दै हारबाट जोगियो आर्सनल, लिग उपाधि दौडमा झड्का

एजेन्सी : अन्तिम समयमा दुई गोल गर्दै लिग लिडर आर्सनल इंग्लिस प्रिमियर लिगको खेलमा हारबाट जोगिएको छ।

गए राति घरेलु मैदानमा आर्सनलले साउथह्याम्टनसँग ३–३ गोलको बराबरीको खेल खेल्दा उसको लिग उपाधि दौडमा धक्का लागेको हो।

खेलको १४ मिनेट भित्र नै आलकारेज र थियो वाल्कोटले गोल गरेपछि आर्सनल २–० ले पछि परेको थियो।

यसपछि २० औं मिनेटमा मार्टिनेलीले आर्सनलको लागि एक गोल फर्काए पनि ६६औं मिनेटमा कालेटाले साउथह्याम्टनका लागि तेस्रो गोल गरेका थिए।

३-१ ले पछि परेको आर्सनल हारको नजिक पुगेको थियो। तर खेलको ८८ औं मिनेटमा ओडेगार्ड र इन्ज्युरी समयमा साकाले गोल गर्दै टिमको हार टारे।

यो बराबरीसँगै लिग लिडर आर्सनलको ३२ खेलबाट ७५ अंक छ। उसले दुई खेल कम खेलेको म्यान्चेस्टर सिटीसँग ५ अंकको अग्रता बनाएको छ। सिटीको ३० खेलबाट ७० अंक छ।

वैशाख ९, २०८० शनिबार ०९:२९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।