नयाँ स्टक एक्सचेञ्जका लागि हिमालयनको आवेदन, प्रमुख उद्योगी लगानीकर्ता

नयाँ स्टक एक्सचेञ्जका लागि हिमालयनको आवेदन, प्रमुख उद्योगी लगानीकर्ता

काठमाडौं : ‘हिमालयन स्टक एक्सचेन्ज’ नेपाल धितोपत्र बोर्डमा अनुमतिका लागि आवेदन दिएको छ।

सर्वोच्चबाट दर्ताको बाटो खुलेपछि आइतबारसम्मको समयसिमा तोकेर सूचना निस्किएकोमा शुक्रबार हिमालयन स्टक एक्सचेन्जको दर्ताका लागि आवेदन दिएको हो।

अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले नयाँ स्टक एक्सचेन्ज दर्ताको बाटो खोलिदिएको थियो।
 
हिमालयन स्टक एक्सचेन्जमा शंकर ग्रुपका अध्यक्ष शंकर गोल्यानको प्रमुख लगानी रहेको छ। कम्पनीमा उद्योगी पशुपति मुरारका, दीपक भट्ट, शेखर गोल्छा, भवानी राणा, राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठलगायतको लगानी छ। 

नयाँ स्टकका लागि सर्वसाधारणको सेयरसहित ३ अर्ब रुपैयाँ चुक्ता पुँजी चाहिन्छ। संस्थागतको ७० प्रतिशत लगानी चाहिन्छ।

अहिले सरकारको मुख्य लगानीमा एक मात्र नेपाल स्टक एक्सचेन्ज सञ्चालनमा छ।

वैशाख ८, २०८० शुक्रबार १९:०४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।