जोरपाटीको हार्डवेयरमा आगो लाग्दा ६ करोडको क्षति

काठमाडौँ : काठमाडौँको जोरपाटीमा रहेको एक हार्डवेयरमा आगलागी भएको छ। बिहीबार बेलुका साढे ११ बजेतिर जोरपाटीमा रहेको अर्जुन सुलभ हार्डवेयरमा आगलागी भएको हो।
पसल बन्द गरेर गएको अवस्थामा एक्कासि आगलागी भएपछि दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। तर आगो नियन्त्रणमा लिए पनि हार्डवेयरका अधिकांश सामान जलेर नष्ट भइसकेका छन्।
आगलागीको कारण एकिन हुन सकेको छैन। विद्ध्युत सर्किटका कारण आगो लागेको हुनसक्ने आशङ्का छ। आगलागीबाट करिब ६ करोडको बढिको क्षति भएको स्थानीय प्रहरीको अनुमान छ।
वैशाख ८, २०८० शुक्रबार १५:१२:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।