सुरुको १० ओभरमा ३० रन जोडेको नेपालको अन्तिम १० ओभरमा ९२ रन

काठमाडौं : एसीसी प्रिमियर कपमा नेपाले ओमानविरुद्ध सानदार पुनरागमन गर्दै ३१० रनको कीर्तिमानी स्कोर बनाएको छ।
खराब सुरुवात गरेको नेपालले इनिङको सुरुको १० ओभरमा मात्र ३० रन जोडेको थियो। तर अन्त्यमा आक्रामक ब्याटिङ गर्दै नेपालले अन्तिम १० ओभरमा ९२ रन जोड्यो।
खेलको सुरुवातको ४ ओभर भित्र एक रन पनि नजोड्दै नेपालका दुवै ओपनर डकआउट भएका थिए।
नेपालले २७ बल खेल्दासम्म एक रन पनि जोड्न सकेको थिएन। यसपछि २८ औं बल (४.४ ओभर) नेपालले पहिलो रन जोडेको थियो।
तर कुशल मल्लले विष्फोटक शतक र सोमपाल कामीले सानदार अर्धशतक प्रहार गर्दा नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१० रन बनायो।
यो नेपालले आफ्नो एकदिवसीय इतिहासमै बनाएको हालसम्मकै उच्च योगफल हो।
वैशाख ८, २०८० शुक्रबार १३:१७:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।