नेपालका दुवै ओपनर डकआउट, २८ औं बलमा पहिलो रन

नेपालका दुवै ओपनर डकआउट, २८ औं बलमा पहिलो रन

काठमाडौं : नेपालले एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा निकै खराब सुरुवात गरेको छ।

टियु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४ ओभर भित्र एक रन पनि नजोड्दै दुवै ओपनर गुमाएको हो।

तेस्रो ओभरमा कुशल भुर्तेल आठ बल खेलेर आउँट हुँदा अर्को ओभरमा आसिफ शेख पनि शून्य रनमा बोल्डआउट भएका थिए।

नेपालले २७ बल खेल्दासम्म एक रन पनि जोड्न सकेको थिएन। यसपछि २८ औं बल (४.४ ओभर) नेपालले पहिलो रन जोडेको थियो। 

आफ्नो ५० औं एकदिवसीय खेलमा निकै खराब सुरुवात गरेको नेपालका कप्तान रोहित पौडेल पनि २३ रनमै आउट भइसकेका छन्।

वैशाख ८, २०८० शुक्रबार १०:३४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।