‘दक्षिण एसियामा प्रभावकारी खाद्य प्रणाली’ विषयक क्षेत्रीय सम्मेलन नेपालमा हुने

काठमाडौं : दक्षिण एसियाली नीति निर्माताहरुको संगठन, सापलिङले नेपालमा यही २४ र २५ अप्रिलका दिन दक्षिण एसियामा प्रभावकारी खाद्य प्रणालीको सम्बन्धमा क्षेत्रीय सम्मेलनको आयोजना गर्ने भएको छ।
सापलिङको ढाका छलफलपछि दक्षिण एसियामा सुधारिएको पोषण तथा खाद्य प्रणालीका लागि नेपालमा सम्मेलन आयोजना गर्न लागेको हो।
सापलिङ खाद्य प्रणालीको निमित्त धेरै सरोकारवालाहरु रहेको क्षेत्रीय सहकार्य मञ्च हो।
यस कार्यक्रमलाई राष्ट्रिय योजना आयोग, नेपालले हाल सापलिङको अध्यक्षता गरिरहेको बीआरएसी, बंगलादेश र विश्वकै सबैभन्दा ठूलो गैर सरकारी विकास संस्था, भारतीय विकास क्षेत्रको थिङ्क एण्ड डु ट्यांक, आइपीइ ग्लोबल लिमिटेड र काठमाडौंमा प्रधान कार्यालय रहेको मुनाफारहित थिङ्क ट्यांक एकीकृत विकास अध्ययन संस्थान नेपालसँगको सहकार्यमा आयोजना हुन लागेको हो।
नेपालमा हुन लागेको खाद्य प्रणाली सम्मेलनमा विभिन्न अनुसन्धान र शैक्षिक संस्थाका विज्ञहरु, नागरिक समाज, निजी क्षेत्र, द्विपक्षीय र बहुपक्षीय संघसंस्थाका प्रतिनिधिहरु, र समाजसेवीहरुको सहभागीता रहनेछ।
यसैगरी कार्यक्रममा नेपाल योजना आयोग, भुटान र श्रीलंकाको कृषि मन्त्रीहरु, नेपाल स्थित भारतीय उच्च आयोग, बंगलादेशका सरकारी प्रतिनिधिहरुसँग पनि उच्च तहको वार्ता हुनेछ।
बिल गेट्स एण्ड मेलिन्दा फाउण्डेशनको आर्थिक सहायता रहेको सापलिङले दक्षिण एसियाको ५ वटा राष्ट्रहरुमा प्रमाणमा आधारित नीति, कामकारवाही र नेतृत्वलाई मूलधारमा राखेर सहमति कायम गर्ने लक्ष्य लिएको छ।
वैशाख ८, २०८० शुक्रबार ०९:२९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।