करण केसीलाई आज बोलाइयो प्लेइङ ११ मा, गुलशन झा बेन्चमा

काठमाडौं : अलराउन्डर करण केसी एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा नेपाली टिमको प्लेइङ ११ मा परेका छन्।
आजको खेलमा गुलशन झालाई बेन्चमै राखेर करणलाई टिममा सामेल गरिएको हो।
मलेसियासँगको पहिलो खेलमा करणसँगै नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल टिममा परेका थिएनन्। ज्ञानेन्द्रलाई भने आज पनि टिममा राखिएको छैन।
खेलमा टस जितेर ओमानले पहिला फिल्डिङ गर्ने निर्णय गर्दा नेपाल ब्याटिङका लाग उत्रँदैछ।
वैशाख ८, २०८० शुक्रबार ०९:०३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।