पहिले ब्याटिङ गर्दै नेपाल, ओमानले जित्यो टस

काठमाडौं : नेपालले एसीसी प्रिमियर कपमा ओमानसँग पहिले ब्याटिङ गर्ने भएको छ। टियु क्रिकेट मैदानमा ओमानका कप्तानले टस जितेर पहिले फिल्डिङ रोजेका हुन्।
यो खेल नेपालको ५० औं एकदिवसीय (ओडीआई) खेल हो। सन् २०१८ मा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट एकदिवसीय मान्यता पाएको नेपालले आज ५० औं एकदिवसीय खेल खेल्न लागेको हो।
नेपाल र ओमान दुवै यो प्रतियोगिताको उपाधिका प्रबल दाबेदार टिम हुन्। त्यसैले पनि बिहान ९ बजे टियु क्रिकेट मैदानमा हुने यस समूह चरणको खेललाई समेत निकै महत्वका साथ हेरिएको छ।
यी दुवै टिमले पहिलो खेलमा जित निकालेका थिए। नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो भने ओमानले कतारलाई ४० रनले पराजित गरेको थियो।
वैशाख ८, २०८० शुक्रबार ०८:५२:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।