यी तीन प्रदेशमा आज क्षणिक वर्षाको सम्भावना

काठमाडौं : आज (शुक्रबार) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिकदेखी सामान्य बदली रही बाँकी स्थानमा आज मौसम सामान्यतया सफा रहनेछ।
तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज राति भने देशका पहाडी भू-भागमा आंशिकदेखी सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।
वैशाख ८, २०८० शुक्रबार ०७:०७:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।