‘ए’ डिभिजन लिगमा आमासहित आउनेलाई निःशुल्क प्रवेश दिइने

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगको बिहीबार साँझको खेल आमासहित गएर निःशुल्क हेर्न पाइने भएको छ।
मातातीर्थ औंसीको अवसरमा लिगको टिकेटिङ पार्टनर एमडीएसी स्पोर्ट्सले साँझ ६ बजे हुने खेलमा आमासहित गए एक सन्तालनई निःशुल्क खेल देखाउने भएको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन घिमिरेले एक विज्ञप्ति निकालेर आमासहित एकजना (छोरा÷छोरी)लाई निशुल्क प्रवेश गराइने जानकारी दिए।
दशरथ रंगशालामा साँझ ६ बजे हुने चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथ क्लबबीचको खेल हुँदैछ।
वैशाख ७, २०८० बिहीबार १४:१४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।