चितवमा रास्वपाको ‘विशेष सभा’, रविले भने– ‘वारपारको भिडन्तबारे केही सुनाउनुछ’

काठमाडौं : वैशाख १० गते हुने उपनिर्वाचनको अन्तिम चुनावी सभा राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा गर्ने भएको छ।
भरतपुर नगरपालिका–१० स्थित गेष्ट हाउस चौरमा ३ बजे चुनावी सभा गर्न लागेको हो।
रास्वपा सभापति तथा चितवन २ का उम्मेवार रवि लामिछानेले आज विशेष सभा गर्न लागेको बताएका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘आजको सभा विशेष छ। सारा राजनीतिक दल एकातिर, रास्वपा अर्कातिर। यो वारपारको राजनीतिक भिडन्तबारे आज हामी तीनै भाइले चितवनका जनतामार्फत सिङ्गो देशलाई केही सुनाउनु छ। आजको तपाईंको उपस्थिति अर्थ राख्छ।’
चितनमा आज लामिछानेसहित तनहुँ–१ का उम्मेवार स्वर्णिम वाग्ले र बारा–२ का उम्मेदवार रमेश खरेल पनि उपस्थित हुनेछन्।
वैशाख ७, २०८० बिहीबार १३:५१:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।