१५ निर्माण कम्पनी कालो सूचीमा (नामसहित)

१५ निर्माण कम्पनी कालो सूचीमा (नामसहित)

काठमाडौं : सरकारले १५ निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ निर्माण कम्पनीलाई एक वर्ष तीन महिनादेखि तीन वर्षसम्मको समयावधि तोकेर कालोसूचीमा राखेको हो।

शैलेन्द्र कुमार कुरुम्बाङ नेतृत्वको एस.ए.एस कन्स्ट्रक्सन प्रालि विराटनगरलाई ३ वर्षसम्म कालोसूचीमा राखिएको छ। यो कम्पनीलाई कालोसूचीमा राख्न हिलिहाङ गाउँपालिका पाँचथरले सिफारिस गरेको थियो।

कालो सूचीमा परेको अवधिभर ती कम्पनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

वैशाख ७, २०८० बिहीबार १०:४१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।