सत्ता गठबन्धनमा बारामा चुनावी सभा गर्ने

काठमाडौं : पाँचदलीय गठबन्धनले बारा–२ मा आज चुनावी सभाको आयोजना गर्दैछ। विहान ११ बजे सुरु हुने भनिएको चुनावी सभा बाराको महागढीमाईस्थित बरियारपुरमा हुँदैछ।
चुनावी सभालाई कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताले सम्बोधन गर्ने जसपा प्रवक्ता पूर्ण बस्नेतले जानकारी दिए।
यहाँ गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्। उनको प्रतिस्पर्धामा जनमत पार्टीका शिवचन्द्र कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र एमालेका पुरुषोत्तम पौडेल उम्मेदवार छन्।ङ्ग
वैशाख ७, २०८० बिहीबार ०८:२८:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।