यी पाँच प्रदेशमा क्षणिक वर्षाको सम्भावना

यी पाँच प्रदेशमा क्षणिक वर्षाको सम्भावना

काठमाडौं : स्थानीय र पश्चिमी वायुको प्रभावका कारण अहिले सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आँशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भूभागको मौसम सामान्यतया सफा छ।

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राती भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ।

मधेस र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावा–हुरीको सम्भावना छ।

वैशाख ७, २०८० बिहीबार ०७:३९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।