आज सूर्यग्रहण, नेपालबाट नदेखिने भएकाले दोष पनि नलाग्ने

काठमाडौं :बिहीबार सूर्यग्रहण लाग्दैछ। तर यो ग्रहण नेपालमा भने देखिने छैन।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो सूर्यग्रहण नेपालबाट नदेखिने र यसको दोष नलाग्ने जनाएको छ।
‘आज लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई लाग्दैन र बार्नु पनि पर्दैन’, समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले भने।
बिहीबार लाग्ने सूर्यग्रहण चीन, मङ्गोलिया लगायत देशबाट देखिने छ।
नेपालमा यो वर्ष कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने देखिनेछ।
वैशाख ७, २०८० बिहीबार ०७:३१:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।