उपनिर्वाचन हुने क्षेत्रका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिन आयोगको अनुरोध

उपनिर्वाचन हुने क्षेत्रका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिन आयोगको अनुरोध

काठमाडौं : निर्वाचन आयोगले उपनिर्वाचनको मतदान हुने क्षेत्रका विद्यालयहरूमा तीन दिन सार्वजनिक बिदा दिन सरकारसँग अनुरोध गरेको छ।

आयोगले कतिपय विद्यालयहरूमा मतदान केन्द्रसमेत भएको र सुरक्षाको कारण देखाउँदै सरकारसँग वैशाख ८ देखि १० गतेसम्म तीन दिन सार्वजनिक बिदा दिन अनुरोध गरेको हो।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, उपनिर्वाचन हुने जिल्लाहरूमा उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्न गृह मन्त्रालयमा लेखी पठाउने निर्णयसमेत बैठकले गरेको छ।

वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदैछ।

वैशाख ६, २०८० बुधबार १८:२९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।