२०८० लागेपछि पहिलो पटक शेयर बजार हरियो

काठमाडौं : नयाँ वर्ष २०८० लागेपछि पहिलोपटक शेयर बजारमा सुधार आएको छ।
कारोबार हुने साताको चौथो दिन शेयर बजारमा १५ अंकको सुधार आउँदै नेप्से १९२० विन्दुमा पुगेको हो।
सेन्सेटिभ इन्डेक्स पनि २.८५ अंकले बढेर ३६५.९० विन्दुमा चढेको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ।
बुधबार बजारमा थोरै बढोत्तरी आए पनि लगानीकर्तामा खासै उत्साह देखिएन। यसदिन २७३ कम्पनीका २५ लाख ७९ हजार कित्ता शेयर किनबेच हुँदा ८७ करोड २१ लाख ४१ हजारको मात्र कारोबार भयो।
बजार उपसूचक समूहहरू भने म्युचल फन्डबाहेक सबैमा हरियाली छाएको छ। म्युचल फन्ड भने ०.४७ प्रतिशतले घट्यो। विकास बैंक समूह सबैभन्दा बढि १.२७ प्रतिशतले बढ्यो।
कारोबार रकमको तुलना गर्ने हो भने स्वाभलम्बन लघुवित्तले ८ करोड ८३ लाखको कारोबार गरेको छ। दोस्रो स्थानमा ३ करोड ६६ लाखसहित नबिल बैंक छ।
यस दिन तीन कम्पनी कालिन्चोक दर्शन, मोलुङ हाइड्रोपावर र गुराँस लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढि १० प्रतिशतले कमाएका छन्।
वैशाख ६, २०८० बुधबार १५:३३:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।