मलेसिया पठाइदिन्छु भन्दै ३ लाख ५० हजार ठगी, एक जना पक्राउ

काठमाडौं : मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्सा बहुदरमाई गाउँपालिका–५ भौराटार घर भई काठमाडौं कीर्तिपुर बस्ने ३६ वर्षीय हिरालाल महतो नुनिया रहेका छन्। उनलाई सोमबार दिउँसो प्रहरीले काठमाडौंको चोभारबाट पक्राउ गरेको हो।
वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु, त्यहाँ पुगेपछि राम्रो कम्पनीमा काम लगाइदिन्छु भन्दै ६ जनाबाट नगद ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागबाट आएको पत्रका आधारमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकोछ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ।
वैशाख ६, २०८० बुधबार १४:४३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।