भोलि बिहान ६ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध हुने

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि (बिहीबार) बिहान ६ घण्टा सबैखाले उडान र अवतरण अवरुद्ध हुने भएको छ।
विमानस्थलले जारी गरेको सूचनाअनुसार बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्मका लागि विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका सबै उडान अवरुद्ध हुने भएको हो।
विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरणका लागि विमानस्थलमा अनलाइन यूपीएस जडान गरिन लागेकोले भोली बिहानको उडान र अवतरण सेवा अवरुद्ध हुने भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।
यस समयमा यात्राको कार्यतालिका रहेका यात्रुले सम्बन्धित विमान सेवा कम्पनीसँग सम्पर्क गरेर आवश्यकता अनुसारको व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ।
वैशाख ६, २०८० बुधबार १४:११:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।