युवराज सफलले दिए नेताका विदेशी नागरिकता र पीआरका विषयमा छानबिन गर्न निवेदन

युवराज सफलले दिए नेताका विदेशी नागरिकता र पीआरका विषयमा छानबिन गर्न निवेदन

काठमाडौं : विभिन्न राजनीतिक नेता लगायतका विशिष्ट व्यक्तिहरुको नागरिकताको विषयमा प्रश्न उठेकाले यसबारेमा छानबिन गर्न नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल सफलले गृहमन्त्रीलाई अनुरोध गरेका छन्।

उनले नेता तथा विशिष्ट व्यक्तिहरूको नागरिकता र विदेशी पीआरका विषयमा आवश्यक अनुसन्धान गरी हदैसम्मको कारबाही गर्न गृह मन्त्रालयमा निवेदन दिएका हुन्।

युवराज पौडेलका अनुसार राजेन्द्र महतो, सरिता गिरी, सुजाता कोइराला, अनुराधा कोइराला, रेणु दाहाल पाठक, गंगा दाहाल प्रधान, पूर्व उपराष्ट्रपति परमान्द झा, देवेन्द्र राज कडेल, डा. स्वर्णिम वाग्ले, डा. मिनेन्द्र रिजाल, डा. नारायण खड्का, दिलेन्द्र प्रसाद बडु लगायतका व्यक्ति नागरिकताको सवालमा प्रश्न उठेको छ।

यस विषयमा निजहरुको नेपाली नागरिकताको सक्कल झिकाई उनीहरुसँग कुन कुन देशको नागरिकता एवं पीआर र ग्रिनकार्ड एवं नागरिकता छ सो उपर छानबिन गर्न उच्चस्तरीय नागरिकता छानबिन आयोग गठन गरी आवश्यक कारबाही गर्नु उनले अनुरोध गरेका हुन्।

वैशाख ६, २०८० बुधबार १३:०७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।