नयाँ वर्षको अवसरमा आइएमईले ल्यायो ‘७ मा ७’ अफर

काठमाडौं : आइएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईंको मेहनतमा हाम्रो साथ’ भन्ने मुल नाराको साथ नयाँ योजना सार्वजनिक गरेको छ।
योजना अनुसार विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जना गरि ४ हप्ताका कुल २८ भाग्यशाली विजेताहरुलाई उपहार स्वरूप जनही नगद रु ७ हजार प्रदान गरिनेछ।
उक्त योजना २०८० वैशाख १ गतेदेखि ३१ गतेसम्मका लागि सञ्चालन हुनेछ।
विदेशमा रहेका नेपालीहरुले आइएमई वा आइएमईका साझेदारहरु मार्फत पठाएको रकम आइएमई पे, बैंक डिपोजिट तथा आइएमई एजेन्टहरूबाट प्राप्त गरि यस योजनामा सहभागी हुन सक्नेछन्।
योजना अवधिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्रमार्फत गरिनेछ। यस सम्बन्धी जानकारी कार्यालयको आधिकारिक सामाजिक संजाल र वेभ पेजहरूका अतिरिक्त आमसंचार माध्यममार्फत सार्वजनिक गरिनेछ।
वैशाख ६, २०८० बुधबार ११:३४:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।