उपचारका लागि एयर एम्बुलेन्समार्फत दिल्ली लगि‍यो राष्ट्रपति पौडेललाई

उपचारका लागि एयर एम्बुलेन्समार्फत दिल्ली लगि‍यो राष्ट्रपति पौडेललाई

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारतको नयाँ दिल्ली लगिएको छ।

छातीमा संक्रमण देखिएका उनलाई आज श्री एयरलाइन्सको एयर एम्बुलेन्सबाट नयाँ दिल्ली लगिएको हो।

पौडेललाई उपचारका लागि नयाँ दिल्ली स्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा लगिएको बताइएको छ।

स्वास्थ्यमा समस्या आएपछि गत साता तीन दिन अस्पताल बसेर फर्केका उनी हिजो (मंगलबार) बेलुकी फेरि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।

उनको छातीमा संक्रमण भएको बताइएको छ।

वैशाख ६, २०८० बुधबार १०:५३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।