प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद बैठक निष्कर्षविहीन, विपक्षी हाबी

प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद बैठक निष्कर्षविहीन, विपक्षी हाबी

काठमाडौं : विपक्षी दल हाबी भएको संवैधानिक परिषदको बैठक बिनानिष्कर्ष सकिएको छ।

प्रधानन्यायाधीश सिफारिसको एजेण्डसहित बुधबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले कुनै निर्णय गर्न सकेन।

बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भए पनि निर्णय नभएको राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले जानकारी दिए।

बैठकमा सत्तापक्ष भन्दा प्रतिपक्षको संख्या बढि थियो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दलका नेता केपी ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए।

सभामुख र राष्ट्रिय सभा अध्यक्ष एमालेबाट बनेका हुन्। उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीकी हुन्।

प्रमुख तीन दलबीच केही दिनअघि संवैधानिक परिषदको बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न पटक पटक बैठक बसेको थियो।

वैशाख ६, २०८० बुधबार १०:२९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।