बराबरी खेले पनि मिलान १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

बराबरी खेले पनि मिलान १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी : इटालियन क्लब एसी मिलान १६ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

क्वाटरफाइनलको दोस्रो लेगमा बराबरी खेले पनि आफ्नै देशको अर्को क्लब नापोलीविरुद्ध समग्रमा २-१ को नतिजा निकाल्दै एसी मिलानले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

मिलानले पहिलो लेग १-० ले जितेको थियो।

गए राति नापोलीको घरेलु मैदानमा भएको खेलमा ओलिभर जिरुडले ४३ औं मिनेटमा मिलानको लागि गोल गरेका थिए।

यसपछि इन्ज्युरी समयमा ओसिमहेनले बराबरी खेल फर्काए पनि नापोलीलाई सेमिफाइनल पुग्न पर्याप्त भएन।

वैशाख ६, २०८० बुधबार ०७:५३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।