चेल्सीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा, रोड्रिगोले गरे दुवै गोल

एजेन्सी : डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्दा चेल्सीको च्याम्पियन्स लिग यात्रा भने समाप्त भएको छ।
क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब चेल्सीलाई २-० ले पराजित गर्दै स्पेनिस क्लब रियलले च्याम्पियन्स लिगको अन्तिम चारमा स्थान पक्का गरेको हो।
पहिलो लेगमा पनि २-० को जित निकालेको रियलले दुवै लेगको जितसँगै समग्रमा ४-० को जित निकाल्यो।
चेल्सी फर्किएका नयाँ अन्तरिम प्रशिक्षक फ्रान्क लाम्पार्डको क्लबमा पुनरागमन सफल हुन सकेन। उनको प्रशिक्षणमा चेल्सीले भोगेको यो लगातार चौथो हार हो।
गए राति चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा रियलको जितमा दुवै गोल ब्राजिलीयन खेलाडी रोड्रिगोले गरे।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि ५८ औं मिनेटमा रोड्रिगोले रियलको खाता खोलेका थिए।
यसपछि ८० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रोड्रिगोले रियलको जित पक्का गरे।
वैशाख ६, २०८० बुधबार ०७:३१:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।