सचिनको छोराले पहिलो आईपीएल विकेट लिएको खेलमा मुम्बई इन्डियन्सले हैदराबादलाई हरायो

सचिनको छोराले पहिलो आईपीएल विकेट लिएको खेलमा मुम्बई इन्डियन्सले हैदराबादलाई हरायो

एजेन्सी : इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई १४ रनले हराएको छ। मुम्बइको यो तेस्रो जित हो।

एक सय ९३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९.५ ओभरमा अल आउटहुँदा १ सय ७८ रन मात्र बनेको थियो।

हैदराबादका ओपनर मयंक अग्रवालले ४१ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४८ रन बनाएका थिए। ह्यारी ब्रुकले मुम्बइसँगको खेलमा ७ बलमा २ चौकासहित ९ रनमा क्याच आउट भएका थिए।

चौथो ओभरको चौथो बलमा राहुल त्रिपाठी ७ रनमा क्याच आउट भए।

कप्तान एडेन माक्ररम १७ बलमा १ चौका र १ छक्कासहित २२ र अभिषेक शर्मा १ रन बनाएर आउट भए। हैदराबादलाई जितको लागि ४२ बलमा ८७ रन चाहिएको थियो।

स्पिनर पीयूष चावलालाई हेनरिक क्लासेनले १३ औँ ओभरको दोस्रो बलमा चौका, तेस्रो, चौथो बलमा छक्का र पाँचौँ बलमा चौका हानेर खेल रोचक बनाए।

तर अन्तिम बलमा ठूलो सट खेल्ने धुनमा ३६ रन बनाएर क्याच आउट भए।

अन्तिम ६ बलमा जितको लागि २० रन चाहिनेमा सम्भव भएन। सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरले पाँचौँ बलमा भुवनेश्वर कुमारलाई रोहित शर्माबाट क्याच गराउँदै आइपिएलमा पहिलोपटक विकेट लिन सफल भए। खेल पनि सकियो।

बलर जेसन बेहर्नडोफले २ विकेट लिए। राइली मेरीडिथले २ विकेट लिए। पीयूष चावलाले पनि २ विकेट लिए। अर्जुन तेन्दुलकर र क्यामरन ग्रीनले स
एक-एक विकेट लिए।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९२ रन जोडेको थियो। अलराउन्डर क्यामरन ग्रीनले ४० बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाएका थिए।

टिम डेभिड ११ बलमा २ चौकासहित १६ रनमा रन आउट भए। कप्तान रोहित शर्मा १८ बलमा ६ चौकासहित २८ रनमा आउट भए।

ईशान किशन ३१ बलमा ३ चौका र २ छक्कासहित ३८ रन जोड्दै बाहिरिए। सूर्यकुमार यादव ७ रनमै क्याच आउट भए।
तिलक बर्माले १७ बलमा २ चौका र ४ छक्कासहित ३७ रन जोडे।

बलर मार्को यानसनले २ विकेट लिए। टी नटराजन र भुवनेश्वर कुमारले समान एक विकेट लिए।

वैशाख ६, २०८० बुधबार ००:३४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।