देब्रे साइडको पछाडि कोरिएको अवस्थामा रामचन्द्र पौडेलले फिर्ता गरे सरकारी गाडी

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति हुनुअघि प्रयोग गरेको सरकारी गाडी फिर्ता गरेका छन्।
व्यवस्थापिका संसद सचिवालयमा पौडेलले प्रयोग गरेको बा १ झ १३६० नम्बरको गाडी मंगलबार फिर्ता गरेका हुन्।
देब्रे साइडको पछाडि कोरिएको अवस्थामा गाडी बुझाइएको व्यवस्थापिका संसद् सचिवालयले जनाएको छ।
पूर्व सभामुखको हैसियतमा गाडी नपाइने भए पनि रामचन्द्र पौडेलले सरकारी सवारी प्रयोग गर्दै आएका थिए।
वैशाख ५, २०८० मंगलबार १८:५५:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।