सरकारकी प्रवक्ता शर्मासहितका सांसद्लाई दाङमा प्रवेश निषेध

सरकारकी प्रवक्ता शर्मासहितका सांसद्लाई दाङमा प्रवेश निषेध

दाङ : घोराही–तुलसीपुर चार लेन सडक संघर्ष अभियानले दाङबाट निर्वाचित सरकारका प्रवक्ता रेखा शर्मासहितका सांसदलाई जिल्ला प्रवेशमा रोक लगाउने भएको छ।

अलपत्र घोराही–तुलसीपुर सडकका कारण धेरैले मृत्युवरण गर्नुपरेको भन्दै अभियानले दाङबाट निर्वाचित सांसदलाई जिल्ला प्रवेशमा रोक लगाउने भएको हो।

अभियानले मंगलबार सूचनासहितको ब्यानर घोराही चोकमा टाँगेको छ।

सडकलाई मुद्दा बनाएर चुनाव जिते पनि सांसदहरूले विश्वासघात गरेको उनीहरूको भनाइ छ।

सञ्चारमन्त्री रेखा शर्मा, सांसदहरू दिपक गिरी, मेटमणि चौधरी, डिल्ली चौधरी, राजु खनाल, धनबहादुर मास्की, प्रचण्ड विक्रम न्यौपाने, अनुराग खड्का, इन्द्रजित थारुलाई जिल्ला प्रवेशमा रोक लगाइएको हो।

वैशाख ५, २०८० मंगलबार १८:२०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।