रविको ड्राइभरलाई थप उपचारका लागि सेनाको हेलिकप्टबारबाट काठमाडौं ल्याइयो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु भनिने दिलबहादुर थापालाई थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।
भरतपुरको पुरानो मेडिकल कलेजमा ३६ घण्टाको सघन उपचारपछि थापालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौंको मेडिसिटी अस्पताल ल्याइएको सभापति लामिछानले फेसबुकमार्फत जानकारी दिए।
लामिछानेले हाल थापाको स्वास्थ्य स्थीति स्थिर तथा सुधारोन्मुख रहेको दाबी गरेका छन्।
सोमबार विहान पौने ४ बजे थापा भरतपुर–११ स्थित लामिछाने बस्ने गरेको घरको छतबाट खसेको अवस्थामा भेटिएका थिए।
घटनालगत्तै उनलाई पुरानो मेडिकल कलेज लगिएको थियो। त्यहाँ उनको सघन कक्षमा राखेर उपचार भइरहेको थियो।
घटनापछि प्रहरीले त्यसको अनुसन्धान सुरु गरेकोछ। अनुसन्धानका लागि प्रहरीले पार्टी प्रवक्ता एवं महामन्त्री मुकुल ढकालका ड्राइभरलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।
अहिले उनलाई पछि छाडिएको छ।
वैशाख ५, २०८० मंगलबार १७:५२:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।