एकै दिन दुई कोरोना संक्रमितको मृत्यु, १७१ जनामा संक्रमण पुष्टि

काठमाडौं : नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको हो।
यसै अवधिमा २ हजार २९२ जनामा गरिएको परीक्षणमा १७१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमित डिस्चार्ज हुँदा ३१ हजार ४९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
देशभर अहिले ३९७ जना कोरोना सक्रिय संक्रमित छन्। काठमाडौं उपत्यकामा मात्र ८ जना आईसीयू र ४ जना भेन्टिलेटरमा उपचाररत छन्।
पछिल्लो केही दिनयता कोरोना संक्रमण वृद्धिलर हेर्ने हो भने ह्वात्तै बढेको देखिन्छ।
वैशाख ५, २०८० मंगलबार १६:३५:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।