एक दिवसीय क्रिकेटमा भीम सार्कीको तेस्रो अर्धशतक

एक दिवसीय क्रिकेटमा भीम सार्कीको तेस्रो अर्धशतक

काठमाडौं : एसीसी प्रिमियर कपको पहिलो खेलमा भीम सार्कीले मलेसियाविरुद्ध अर्धशतक बनाएका छन्।

७५ बल खेलेका उनले ३ चौकाको मद्दतमा ५० रन पूरा गरेका हुन्। यसअघि एकदिवसीय खेलमा उनले दुईपटक अर्धशतक प्रहार गरेका थिए।

२९ ओभरको समाप्तीमा नेपाल ३ विकेट गुमाएर १७३ रन बनाएर खेलिरहेको छ।

नेपालका लागि कप्तान रोहित पौडेलले ४२, कुशल भुर्तेलले ३८ रन बनाएर आउट हुँदा कुशल मल्ल ३० रन बनाएर खेलिरहेका छन्।

वैशाख ५, २०८० मंगलबार १५:२०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।