महिनाको तीन हजार रुपैयाँ खेलाडीका लागि छुट्याउने ज्ञानेन्द्र शाहीको घोषणा

महिनाको तीन हजार रुपैयाँ खेलाडीका लागि छुट्याउने ज्ञानेन्द्र शाहीको घोषणा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानेन्द्र शाहीले महिनाको तीन हजार रुपैयाँ खेलाडीका लागि छुट्याउने घोषणा गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले आफूले महिनाको तीन हजार रुपैयाँ खेलाडीका लागि छुट्याउने घोषणा गरेका हुन्।

उनले भने, ‘म आज घोषणा गर्न चाहन्छु, मेरो हरेक महिनाको तीन हजार तलब खेलाडीका लागि छुट्याउन चाहन्छु।’

सांसद् शाहीले प्रदेश खारेज गर्दै प्रतिनिधि सभामा भएका सांसद्को संख्या पनि घटाएर १०५ मा झार्नुपर्ने अभिव्यक्ति दिएका छन्।

‘प्रदेशलाई खारेज गरौं, सांसद्को संख्या १६५ जनाबाट १०५ मा झारौं, यहाँ २७५ जना सांसद् आवश्यक छैन,’ उनले भने, ‘८८४ जना सांसद् किन चाहियो, एक जना सांसद बराबर ३ हजार रुपैयाँ मात्र खेलाडीलाई छुट्याउने हो भने २६ लाख ५२ हजार खेलाडीले पाउँछन्।’

साथै उनले कलाकारहरुले मरेपछि शव जलाउनका लागि भिख मागिरहेको भन्दै उनले नेपालभन्दा खाडीमा आफ्नो भविष्य देखिरहेको भन्दै उनले अहिलेको व्यवस्था खारेव गर्नुपर्ने माग राखे।

वैशाख ५, २०८० मंगलबार १४:५१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।