लिङ्देनको चेतावनी : मिटरब्याज पीडितको माग सम्बोधन नभए राप्रपा पनि सडकमा जान्छ

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारसँग तत्काल मिटरब्याज पीडितहरुको माग सम्बोधन गर्न आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मिटरब्याज पीडितहरुको माग सम्बोधन नभए राप्रपा पनि उनीहरुसँगै सडक आन्दोलनमा जाने बताए।
उनले भने, ‘यतिबेला यस्तो सरकार छ, जसले समाजमा गरिबहरुको अथवा सर्वहारा वर्गको अधिनायकत्व स्थापना हुनेछ भनेर सपना बाँड्ने पार्टीको नेतृत्वमा सरकार छ। तर, यति नै बेला गरिबमाथि प्रहार भइरहेको छ।’
‘हामी भन्न चाहन्छौं सरकारले मिटरब्याज पीडितहरू र तराईमा आन्दोलनरत हरवाचरवाहरुको मागलाई समयमै सम्बोधन गरोस्। अन्यथा राप्रपा पनि उनीहरुको साथमा सडकमा जाने घोषणा गर्छु।’
वैशाख ५, २०८० मंगलबार १४:०२:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।