अनिश्चितकालका लागि स्थगित भयो राष्ट्रियसभा बैठक

अनिश्चितकालका लागि स्थगित भयो राष्ट्रियसभा बैठक

काठमाडौं : राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

आज (मंगलबार) दिउँसो साढे दुई बजेका लागि बोलाइएको बैठक सूचना निकालेर अनिश्चितकालका लागि स्थगित गरिएको हो।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सूचना सार्वजनिक गरेका हुन्।

विशेष कारणबस बैठक तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभाको नियमावली अनुसार नै स्थगित गरिएको सूचनामा उल्लेख छ।

वैशाख ५, २०८० मंगलबार १२:१३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।