भक्तपुरमा ‘वात्सल्य’ले खोल्यो नयाँ शाखा, निःशुल्क आईयूआई र अल्ट्रासाउन्ड सेवा दिइने

काठमाडौं : निःसन्तान सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्दै आएको वात्सल्य नेचुरल आईभीएफले नयाँ वर्षको अवसरमा भक्तपुरको गट्ठाघर चोकमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ।
नयाँ वर्षबाट संचालनमा ल्याइएको यस क्लिनिकले भक्तपुर र आसपासका क्षेत्रमा बसोवास गर्ने दम्पतीलाई सहजता प्रदान गर्ने विश्वास लिइएको कार्यकारी निर्देशक प्रशान्त सुवेदीले जानकारी दिए।
विभिन्न वर्गबाट सामाजिक संजालमार्फत निरन्तर रुपमा निस्सन्तान निःसन्तान सम्बन्धी उपचारका लागि सहुलियतको माग भइरहेकोले यसपटक त्यसलाई सम्बोधन गरिएको उनले बताए।
‘नयाँ वर्षमा नयाँ शाखा संचालनको अवसर पारेर हामीले सीमित समयका लागि अल्ट्रासाउन्ड र आईयूआई निःशुल्क प्रदान गर्दैछौ,’ उनले भने।
सन्तान प्राप्त गर्न नसकेका तर खर्च धेरै हुने सोचका कारण आधुनिक उपचारमा जान नचाहने दम्पतीका लागि आफ्नो प्रजनन अवस्था बुझ्न र आईयूआईमार्फत् सन्तान प्राप्त गर्न यो राम्रो अवसर साबित हुने उनले बताए।
वैशाख ५, २०८० मंगलबार ११:४९:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।