होण्डाले ल्यायो ‘चुज योर स्किम’ उपहार योजना

काठमाडौं : नेपालका लागि होण्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्षको अवसर पारेर ‘होण्डा चुज योर स्किम’ उपहार योजना ल्याएको छ।
योजनाअन्तर्गत होण्डाको कुनै पनि बाइक वा स्कुटरको खरिदमा नगद १ लाख रुपैयाँसम्म जित्न सकिने स्क्र्याच कुपन सँगै रु. ८ हजारसम्मको स्पेयर पार्टस् , इन्जिन आयल र २ वर्षसम्मको फ्री सर्भिसिङ्ग वा रु. १० हजार सम्मको अतिरिक्त स्क्र्याच कुपन वा रु. १२ हजार ५०० सम्मको ५ वर्षको लागि एनिवल मेन्टिनेन्स् कन्ट्र्याक (एएमसी) मध्ये कुनै एक स्किम रोज्न सकिनेछ।
नयाँ वर्षको अवसर पारेर ल्याइएको यस उपहार योजनाले ग्राहकहरुमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले लिएको छ। साथै होण्डाले १ प्रतिशतको ब्याजदरमा सरल फाइनान्स सुविधा पनि प्रदान गरिरहेको छ।
वैशाख ५, २०८० मंगलबार ११:३४:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।