मलेसियाविरुद्ध प्लेइङ ११ मा परेनन् ज्ञानेन्द्र र करण

काठमाडौं : एसिसी प्रिमियर कपको मलेसियाविरुद्धको पहिलो खेलमा नेपालका अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल र अलराउण्डर करण केसी प्लेइङ ११ मा परेका छैनन्।
टियु मैदानमा मलेसियाविरुद्ध टस हारेर नेपालले पहिले बलिङ गर्न लागेको हो। आजको खेलमा पूर्व कप्तान ज्ञानेन्द्र मल्लसँगै करण केसी र प्रतिश जीसीलाई बेन्चमै राखिएको छ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, गुलशन झा, ललित राजवंशी र भीम सार्की रहेका छन्।
वैशाख ५, २०८० मंगलबार ०९:२४:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।