एसीसी प्रिमियर कप : नेपालले टस हार्‍यो, मलेसियाविरुद्ध पहिले बलिङ गर्दै

एसीसी प्रिमियर कप : नेपालले टस हार्‍यो, मलेसियाविरुद्ध पहिले बलिङ गर्दै

काठमाडौं : एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध टस हारेर नेपालले पहिले बलिङ गर्ने भएको छ।

टियु मैदानमा हुन लागेको खेलमा मलेसियाका कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

घरेलु मैदान र समर्थकको साथ पाएको नेपाललाई उपाधिको प्रमुख दाबेदारको रुपमा हरिएको छ। तुलनात्मक रुपमा मलेसियालाई भने नेपालभन्दा कमजोर मानिन्छ।

एसीसी प्रिमियर कपको उपाधि विजेता टिम यसै वर्ष हुने एसिया कपमा छनोट हुनेछ जसले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा १० टिम सहभागी छन्। यी १० टिमलाई दुई समूहमा बाँडिएको छ। समूह चरणको खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्।

जसअनुसार समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन्। समूह बी मा भने यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् ।

खेल कीर्तिपुर स्थित टियू मैदान र मूलपानीमा हुनेछ।

वैशाख ५, २०८० मंगलबार ०९:०९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।