बेनी-जोमसोम सडक फेरि दैनिक ६ घण्टा बन्द हुने

काठमाडौं : बेनी–जोमसोम सडक फेरि दैनिक ६ घण्टा बन्द हुने भएको छ।
सडक विस्तारका लागि वैशाख ४ देखि २० गतेसम्म बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरिने समय तालिका सार्वजनिक भएको हो।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम गर्न ‘बेलिब्रिज’ निर्माण र सडक विस्तारका लागि यातायात सञ्चालनको नयाँ समय तालिका निकालिएको छ।
यसअघि २०७९ चैत ३ देखि १४ गतेसम्म रुप्से खण्डमा सोही समयमा यातायात बन्द गरिएको थियो।
पहिरोले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल निर्माण र पहिरो व्यवस्थापनको काम सँगै गर्दा जोखिम भएकाले यातायात रोकेर काम गर्ने समय तालिका बनाइएको सडक आयोजनाले जनाएको छ।
तर एम्बुलेन्स र अत्यावस्यक सवारीसाधनको हकमा भने सडकमा सहज आवतजावतको व्यवस्था मिलाउने प्रशासनले जनाएको छ।
वैशाख ५, २०८० मंगलबार ०८:४६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।