लिभरपुलले हान्यो लिड्सको पोष्टमा ६ गोल, पाँच खेलमा पहिलो जित

लिभरपुलले हान्यो लिड्सको पोष्टमा ६ गोल, पाँच खेलमा पहिलो जित

काठमाडौं : लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडमाथि ६-१ गोलको सानदार जित निकालेको छ।

प्रिमियर लिगमा खराब फर्ममा रहेको लिभरपुलको पछिल्ला पाँच लिग खेलमा यो पहिलो जित हो।

लिड्सको घरेलु मैदानमा उसैलाई पराजित गर्न लिभरपुलका लागि मोहम्मद सलाह र डिएगो जोटाले २/२ गोल गरेका थिए।

त्यसैगरी गाक्पो र नुनेजले एक/एक गोल थपेका थिए। पहिलो हाफमा दुई गोल गरेको लिभरपुलले दोस्रो हाफमा चार गोल थपेको थियो।

यो जितपछि लिभरपुल ३० खेलबाट ४७ अंकसहित आठौं स्थानमा कायमै छ भने लिगमा शीर्ष चारमा पर्ने सम्भावनालाई जीवितै राखेको छ।

वैशाख ५, २०८० मंगलबार ०८:०३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।