आज देशका पहाडी भू-भागमा पानी पर्न सक्ने

आज देशका पहाडी भू-भागमा पानी पर्न सक्ने

काठमाडौं : आज (मंगलबार) देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज गण्डकी, कर्णाली, सुदूरपश्चिम, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। साथै उपत्यका लगायत देशका धेरै भू-भागहरुमा तुवाँलो लाग्ने सम्भावना रहेको छ।

राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ। 

वैशाख ५, २०८० मंगलबार ०७:१२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।