२२ वैशाखमा रारा म्याराथन

२२ वैशाखमा रारा म्याराथन

काठमाडौं : मुगुको प्रख्यात रारा ताल परिसरमा २२ गते रारा म्याराथन हुने भएको छ।

रारा किनारबाट सुरु हुने म्याराथन सोही स्थानमा आएर समापन हुने आयोजक तथा व्यवस्थापक अन्तरालले जनाएको छ।

म्याराथनको रुट रारा ताल किनारबाट सुरु भई मुर्मा टप, मुर्मा गाउँ हुँदै चुचेमारा हिमालको ४ हजार १ सय मिटरको उचाईंमा पुगेर सल्लेरी तर्फ लाग्नुपर्नेछ।

त्यहाँबाट मुगुको एकमात्र विमानस्थल ताल्चा भएर सदरमुकाम गमगढी पुगेपछि पुनः रारा तालकै किनारमा पुगेर समापन हुनेछ।

रारा म्याराथनले स्थानीय खेलाडीहरू उत्पादनमा जोड दिने आयोजकको विश्वास छ। यसका लागि भन्दै मुगुका खेलाडीहरूलाई म्याराथनमा सहभागी हुँदा कुनै शुल्क नलाग्ने भएको छ।

वैशाख ४, २०८० सोमबार २०:३९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।