सत्ता साझेदार पाँच दलको बैठक बालुवाटारमा जारी, टीआरसीबारे छलफल

सत्ता साझेदार पाँच दलको बैठक बालुवाटारमा जारी, टीआरसीबारे छलफल

काठमाडौं : सत्ता साझेदार पाँच दलको बैठक बालुवाटारमा जारी छ।

प्रधानमन्त्री निवासमा जारी बैठकमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) सम्बन्धी छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा माओवादी, कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका प्रतिनिधि सहभागी छन्।

यसअघि सोमबार विहान सभामुख देवराज घिमिरेसहित तीन ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच यस विषयमा छलफल भएको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको छलफलमा टीआरसी विधेयकको विषयमा सहमति जुटे पनि एमालेले विस्तृत छलफल गर्नुपर्नेमा अडान राखेको छ।

बालकोटको छलपललमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी थिए।

वैशाख ४, २०८० सोमबार १८:२६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।