काठमाडौं धुम्मिएसँगै त्रिभुवन विमानस्थलको भिजिविलिटी घट्यो (तस्बिरहरू)

काठमाडौं धुम्मिएसँगै त्रिभुवन विमानस्थलको भिजिविलिटी घट्यो (तस्बिरहरू)

काठमाडौं : केही दिनदेखि काठमाडौंको मौसम धुम्मिएको छ।

उपत्यका आसपासका वनमा डढेलो लाग्दा तथा भारतको बिहार र उत्तर प्रदेशमा गहुँको छवाली बालेको धुँवा काठमाडौं छिर्दा त्यसको प्रभाव काठमाडौंको आकाशमा देखिएको हो।

यसले आकाश मात्र धुम्मिएको छैन, यहाँको वायुप्रदूषणसमेत बढाएको छ। वातावरण विभागका अनुसार साँझ ६ बजे काठमाडौंको हावाको गुणस्तर एक्यूआई १६० भन्दा माथि छ। जुन अस्वस्थकर मानिन्छ।

स्वीट्जरल्याण्डस्थित हावाको हावाको गुणस्तर मापन गर्ने वेबसाइट आईक्यूएयरका अनुसार नेपाल अहिले पनि विश्वका प्रदूषित शहरको दोस्रो स्थानमा छ।

वायु प्रदूषण र आकाश धुम्मिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानथस्थलको भिजिविलिटीमा कमी आएको छ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार अहिले विमानस्थलमा ४ किलोमिटरसम्म मात्र रहेको छ। यद्यपि यो बढ्ने र घट्ने क्रम भने दिनभर नै जारी छ।

तीन किलोमिटरसम्मको भिजिविलिटीले अन्तर्राष्ट्रिय उडान गर्न सकिन्छ।

सवा ५ बजे नेपालबाट दिल्लीका लागि भिस्टारा एयरलाइन्सको जहाजले उडान भरेको छ भने अन्य आन्तरिकतर्फका जहाजहरूले पनि अवरतण उडान गरिरहेका छन्।

वैशाख ४, २०८० सोमबार १८:०५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।