कोरोनाबाट थप एक जनाको मृत्यु, १०४ नयाँ संक्रमित थपिए

काठमाडौं : नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा एक जनाको कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा गरिएका १ हजार ६३२ परीक्षणमा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
६० जना संक्रमणमुक्त हुँदा २६ हजार ६७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
अहिलेको अवस्थामा ३७९ जना कोरोना सक्रिय संक्रमित रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
साथै काठमाडौं उपत्यकामा दिउँसो २ बजेसम्म ७ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन्। संस्थागत आइसोलेसनमा भने ३४ जना रहेको मन्त्रालयले जनाएको छ।
वैशाख ४, २०८० सोमबार १७:३९:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।